फुलमति

फुलमति एक बालविवाह पिडित युवति हुन । उनको जन्म वि.स. २०६१ साल सैनामैना ७ आमीमा भएको थियो । उनी अहिले १५ बर्षकी छिन । उनले ४ कक्षा सम्म पढेकी छन् । उनको घरमा बाबा, आमा, १ बहिनी र २ साना भाइ छन् । उनी अहिले आफनो परीवारसंग बस्छीन । उनका ६० बर्षिय बुढो बाबा छन केही काम गर्न नसकक्ने र आमा चाहि कसैले काम गर्न बोलाउद मेलापात गर्न जाने र घर परिवारको खर्च चलाउने गर्छिन । उनको भाई बहिनी स्कुल पढ्दै छन् तर उनी भने स्कुल जाँदैनिन । उनीहरको घरको अर्थिक अवस्था कमजोर थियो उनीहरुको झिंङटकि घरमा बस्थिदथै । उनको ४ कक्षामा पढदा पढदै विवाह भएको हो । उनलार्ई पहिले नै विवाह गर्नलाई एउटा मान्छेको कुरा चलेको थियो । तर त्यो मान्छे त चेलिबेटि बेचबिखनको काम गर्ने रैछ भनेर थाहा पाएपछि उनको घर परिवरले विवाहको कुरा रोकेका थिए । केही समय पछि उनको फूपुलेनै बारामा राम्रो घर छ भनि आफ्नो नातेदार संग फुलमतिको विहेको कुरा चलाएकि थिइन् र यसरी उनको विवाह भयो । घरको आर्थिक अवस्था कमजोर भएकोले आमा बाबाले सानै उमेरमा विवाह गरि दिदा धेरै दाइजो दिन पर्दैन भन्ने उनीहरुको धारण थियो । उन्लाई त्यसबेला विवाहको अर्थ थाहानै थिएन तर सबैले भनेपछि उनी मन्जुर भइन् । त्यसबेला परिवार संग पैसा थिएन, खेत बेचेर बिहे गरिदिएका थिए ।

उनी विवाह गर्दा मात्र १४ बर्षकी थिइन् । उनलाई विवाहको लागी छिमेकीले अनावश्यक कुरा गरेर भडकाएका थिए । उनको खेल्ने, खाने, पढने उमेरमा विवाह भयो । घरको जिम्मेवारी थपिदै गयो । उनको सबै खुसी हराउदै गयो । उनका श्रीमान २३ वर्षका थिए । उनको विवाह २०७५ साल फगुनमा भएको थियो । उन्को परिवार लाई केटाको बारेमा ढाटेर बिहे गरिदिएका थिए । वास्तवमा विवाह इण्डीयाको कंकरहवाको कालिन्दा भन्ने ठाँउमा भएको थियो । आमा बामाले राम्रो घर परिवार र केटा छ भन्ने सोचेर सानै उमेरमा विवाह गरिदिएका थिए । तर फुलमतिको श्रीमान भने मानसिक रोगी निस्किए। विवाह गरेका केही दिन सम्म त उनलाई घर परिवारले माया गरे जस्तो गरे । सबै सामान्य हुँदा उनलाई पनि खुसी नै लागेको थियो । केही दिन बिते पछि उनी माथी हिंसा सुरु हुन थाल्यो । सासु, सासुरा, जेठानी श्रीमानले सबैले उनलाई गालि गलोच गर्न थाले । उनको श्रीमानले पनि उनलार्ई माया गर्न, वास्ता गर्न छोड्यो । सबै जना मिलेर “त नराम्री छेस र धेरै दाईजो पनि ल्याइनेस” भनेर मानसिक तथा शारिरिक हिंसा गर्न थाले । सबैले आफुलाई हेला गरेको र त मरे पनि हुन्थ्यो भन्ने जस्ता कुरा सुनाइ राखेकोले गर्दा कहिले काँहि आत्महत्या गरौ कि भन्ने सोच पनि नआएको हैन । उनका ससुरालमा परिवारले उनलाई “घरबाट निस्केर जा नत्र हामीले तलाई मारि दिन्छौ” सम्म भनेका थिए । सासुले आफनो छिमेकीको कुरा सुनेर “धेरै दाइजो र राम्रो लुगा नल्याएको” भनि सधै झगडा गर्ने गाली गर्ने गर्न थालिन । घरको सानो सानो कुरा पनि राम्रि संग गरिन भनेर निउ खोजीराख्थे सबै जना । उनी सबै चुपचाप सहदै बसिन् ।

त्यसरी केहि महिना बिते पछि उनलाई सहन गारो भयो । अनि आफ्नि आमालाई सबै कुरा फोन गरेर बताइन् । छोरी को कुरा सुनेपछि आमा तुरुन्तै उनलाई लिन गइहालिन । यसरी उनि अहिले आफ्नो आमा बुवा संगै बसेकि छिन । उनले यो सुनाईरहदा उनि यता बसेको दुई महिना मात्रै भइको थियो। उनी भन्छीन -“सधै हिंसा सहेर बस्न सक्दिन । उ संग सम्बनध विच्छेद गर्न चाहन्छु । म अब आफै काम गछु । आत्मनिर्भर बन्छु । म अब कसैको बोझ बन्दीन् । आमा बुवाको पनि आर्थिक अवस्था कमजोर छ । उहाँहरुले मलाई सहयोग गर्न सक्नु हुन्न । मलाई त्यो हिंसा बाट निकाल्नु भयो, माया देखआउनु भयो । बाच्ने साहारा र भरोसा दिनु भयो । उहाँहरु बाट त्याँ भन्दा गर्न सक्ने केहि छैन । अरु कसैले सहयोग गरिदियो भने सिलाइ सिक्छु ।”

उनी भन्छीन –“हाम्रो गाँउमा सशक्तिकरण क्लिनीक आएकोले मलार्ई एकदमै राम्रो लागेको छ । यो क्लिनीकमा आबद्ध भएर यसले दिने तालिमहरु तथा जानकारी मुलक शिक्षा पाउँदा म धेरै खुसी छु । अलिअलि कानुनको कुरा पनि सिकेको छु । हिंसा संग लड्ने शक्ति पनि पाएको छु । ममा आत्माबल पलाएको छ । पहिले म माथि हिंसा हुँदा सबैको बोझ भए जस्तो लाग्थ्यो र अत्माहत्या गर्न मन लाग्थ्यो तर अब त्यस्तो लाग्दैना । यो क्लिनीकमा पढ्न आएपछि जिवन प्रतिको सोचाई नै परिवर्तन भयो । त्यसैले अब म केही गरेर बनेर सबैलाई देखाउँछु । सशक्तिकरण क्लिनीकले मलाइ र मेरो परिवारलाई परिवर्तन गरेको छ । मेरो उमेर नपुगिकन विवाह भयो, सानैमा हिंसामा परे । अब यस्तो कसैलाई नपरोस भनि बालविवाहको विरुद्ध बोल्न सक्छु । आफ्नो छर छिमेकमा कसैले बालविवाह गर्न गराईदिन लागेको छ भने पुलिसमा खबर गर्न सक्छु ।

Share on facebook
Facebook
Share on google
Google+
Share on twitter
Twitter
Share on linkedin
LinkedIn
Share on pinterest
Pinterest